बिहिवार, आश्विन १५ गते २०८३

४२.५८ अंकले घट्यो नेप्से, १४ अर्ब १६ करोडको कारोबार

मंगलवार , माघ १३, २०८२

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रममा मंलबार पनि निरन्तरता पाएको छ । सोमबार ३.०७ अंक घटेको नेप्से परिसूचक मंगलबार ४२.५८ अंक घटेको हो ।

बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम आज घटेर १४ अर्ब १६ करोडमा सीमित भएको छ । आज नेप्से सूचक घट्ने बढ्ने गरेर बन्द भएको छ । कारोबार सुरु हुँदा २७६९.०९ अंकमा रहेको नेप्से बन्द हुँदा ४२.५८ अंक घटेर २७२६.५१ बिन्दुमा झरेको छ । आज नेप्सेमा कारोबार भएका २ सय २४ कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक नकारात्मक भएको नेप्सेले जनाएको छ ।

आज नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २१.०९, विकास बैंक ५९.९८, वित्त ६४.५०, लगानी १.८३, जीवन बीमा २४९.६६, लघुवित्त ७३.१४, निर्जीवन बीमा १९९.४१, अन्य ४८.२२ र व्यापार १९.६० अंकले घटेका छन् । त्यसैगरी होटल १४७.८८, जलविद्युत् ५०.८, उत्पादनमूलक १ सय ३४ अंकले घटेको नेप्सेले जनाएको छ । तर, आज नेप्सेमा कारोबार भए पनि सामूहिक लगानी कोषको सूचकमा कुनै परिवर्तन आएको छैन् ।

आज नेप्सेमा कारोबार भएका ३४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन् । नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंक सेयर मूल्य सबैभन्दा धेरै ८.५६ प्रतिशतले बढेको छ । आज नेप्सेमा ३ सय ३३ कम्पनीको १ लाख ४२ हजार ४ सय ७४ कारोबारबाट १४ अर्ब १६ करोड रुपैयाँ बराबरका ३ करोड २ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो कारोबार रकम सोमबारको तुलनामा करिब २ अर्बले थोरै हो । सोमबार नेप्सेमा १६ अर्ब रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार