आइतवार, श्रावण २४ गते २०८३

भारतमा विमान दुर्घटना : उपमुख्यमन्त्री पवारको मृत्यु

बुधवार , माघ १४, २०८२

काठमाडौँ । भारतको महाराष्ट्रस्थित बारामती विमानस्थलमा बुधबार बिहान एक निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ। अवतरणका क्रममा रनवेबाट चिप्लिएर भएको उक्त दुर्घटनामा विमानमा सवार महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार थिए।

दुर्घटनामा परी उपमुख्यमन्त्री पवारको मृत्यु भएको छ। विमानस्थल नजिकै भुइँमा पछारिएपछि विमानमा भीषण आगलागी भएको थियो। सार्वजनिक भएका दृश्यहरूमा विमानका टुक्रा-टुक्रा छरिएको र बाक्लो धुवाँको मुस्लो उडिरहेको देखिएको छ। 

विमानमा प्राविधिक खराबी आएका कारण दुर्घटना भएको हो वा अवतरणका क्रममा रनवेको अवस्थाले समस्या निम्त्याएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको छ। दुर्घटनास्थलमा ठूलो संख्यामा उद्धारकर्मी र मेडिकल टोली परिचालन गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार