बिहिवार, आश्विन १५ गते २०८३

३ लाख १८ हजार नाघ्यो सुनको मूल्य

बुधवार , माघ १४, २०८२

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो ।

हिजो ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनचाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार