आइतवार, श्रावण २४ गते २०८३

भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने

बुधवार , माघ १४, २०८२

काठमाडौँ । हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण रूपमा बादल लागेको छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यस प्रणालीका कारण गएरातिदेखि पश्चिमी भू–भाग हुँदै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ ।

आज बाग्मती प्रदेशमा हल्का वर्षा सुरु भएको मौसमविद् महर्जनले जानकारी दिइन् । आज राति बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ । भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने मौसमविद् महर्जनले जानकारी दिइन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार