बिहिवार, आश्विन १५ गते २०८३

दरबारमार्गको उडल्यान्ड होटलमा आगलागी

बिहिवार , माघ १५, २०८२

काठमाडौँको दरबारमार्गस्थित उडल्यान्ड होटलमा आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो। होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा आगलागी भएको हो।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए। आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी दमकलसहित परिचालन भएको छ। आगलागीको कारण भने खुलेको छैन। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार