काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्यान्ड होटलमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
बिहीबार बिहान १०ः१५ बजे लागेको आगो केहीबेरअघि नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा पाँचवटा दमकलसहित प्रहरी खटिएका थिए । आगलागीबाट होटल पूर्णरुपमा जलेको छ । क्षतिको विवरण भने आइसकेको छेन् ।
उडल्यान्ड होटेलको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा आगलागी भएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।