काठमाडौं। भारतस्थित एक अस्पतालका चिकित्सकहरुले एक जटिल शल्यक्रिया गरेर गम्भिर घाइतेको ज्यान बचाएका छन्। एक आपसी विवाद हुँदा छातीमा चक्कु प्रहार गरिएको थियो। जुन बाँया तर्फ छेडिएर अर्को तिर निस्किएको थियो।
भारतको मध्यप्रदेश राजधानी भोपालस्थित एम्स के चिकित्सकले उक्त जटिल शल्यक्रिया गरेर ति व्यक्तिको ज्यान बचाएका हुन्। अबेरराति अस्पताल पुर्याइएका घाइते व्यक्ति देखेर सुरुमा त चिकित्सकहरु पनि आत्तिएका थिए।
किनभने चक्कु छातिको बाँयातर्फ वारपार थियो र घाइतेको अवस्था पनि गम्भिर रहेको थियो। तर ट्रामा एण्ड इमरजेन्सी विभागका प्रमुख डा. मोहम्म्द युनुसको टिमले तत्कालै अपरेसन सुरु गरेका थिए। अपरेसनका लागी करिब आधा घण्टा समय लागेको आजतकले जनाएको छ।