आइतवार, श्रावण २४ गते २०८३

श्रीमतीको हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगे

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । श्रीमती हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।

प्रहरीमा आत्मसमर्पण गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद पाख्रिन हुन् । श्रीमतीको हत्यापछि टिकाभैरव प्रहरी चौकीमा गएर उनले आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनले श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेको प्रहरीले बताएको छ । मदिरा सेवन गरेर चिर्पटले हानेर श्रीमतीको हत्या गरेर खाटमा सुताएको अवस्वामा शव फेला परेको प्रहरीले बताएको छ । दुबै जनाले मदिरा पिएपछि विवाद हुँदा श्रीमतीको हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

घटना शुक्रबार बिहानको हो । हत्यापछि उनी मैले श्रीमतीको हत्या गरेँ भन्दै प्रहरी कार्यालय पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार