आइतवार, श्रावण २४ गते २०८३

ललितपुरको ऐतिहासिक बस्ती ठेंचोमा माधवनारायणको भव्य नगर यात्रा सम्पन्न

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । ललितपुरको ऐतिहासिक बस्ती ठेंचोमा धार्मिक एवं सांस्कृतिक परम्परा अनुसार माधवनारायणको नगर यात्रा सम्पन्न भएको छ ।

श्री स्वस्थानी व्रत कथाको विशेष अवसर पारेर मनाइने यो जात्रामा ठेंचोवासीको उत्साहजनक सहभागिता देखिएको छ । यस पटकको नगर यात्रामा एउटा खासी (बोका) माथि एक बालकलाई राखेर सङ्ख बजाउँदै र जल छर्किँदै नगर परिक्रमा गराइएको छ । स्थानीय मान्यता अनुसार खासीलाई पवित्र तीर्थस्थल गोसाइँकुण्ड र त्यसमाथि सवार बालकलाई भगवान् शिवको प्रतीकका रूपमा पुज्ने परम्परा रहेको छ ।

नगर यात्राका क्रममा श्रद्धालुहरूले विभिन्न रूप धारण गरी आफ्नो शरीरमा दियो र कलश बोकेर नगरका विभिन्न भागहरूको भ्रमण गरेका छन् । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण मेला र जात्रा माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । ललितपुरको ठेंचोसँगै साँखु, भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा यो मेला विशेष धार्मिक निष्ठाका साथ मनाइन्छ ।

विशेषगरी माघ शुक्ल द्वादशी र त्रयोदशीका दिन झाँकीसहितको जात्रा निकाल्ने चलन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार