काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८ हजार ८ सय रुपैयाँले घटेर तीन लाख रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १५६५ रुपैयाँले घटेर प्रतितोला ५५ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५७ हजार २ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४७१५.५० रुपैयाँ कायम भएको छ ।