आइतवार, श्रावण २४ गते २०८३

‘श्रम सेना’ नाम दिएको साम्पाङको श्रमदान अभियान समूह काठमाडौं पुग्यो

आइतवार , माघ १८, २०८२

काठमाडौं । धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं पुगेको छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ताले काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ अभियान सञ्चालन गरिरहेका छन् ।

अभियानमा पार्टीका नेता तथा काठमाडौंका स्थानीय बासिन्दाको पनि सक्रिय सहभागिता रहेको छ । पार्टीको श्रम संस्कृति र नेतृत्वको निर्देशनअनुसार सरसफाइ अभियान सञ्चालन गरिएको हो । पार्टीले यस अभियानमा संलग्न समूहलाई ‘श्रम सेना’ नाम दिएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दाले सुरु गरेको सरसफाइ अभियानमा हरेक शनिबार नियमित रूपमा सरसफाइ हुँदै आएको छ ।

यो अभियान कुनै राजनीतिक उद्देश्यका लागि नभई विशुद्ध रूपमा समाजका लागि गरिएको र निरन्तर चलिरहने छ । पार्टी अध्यक्ष हर्क साम्पाङलाई पनि आगामी दिनमा सरसफाइ अभियानमा जोड्ने प्रयास भइरहेको स्रोतले जानकारी दिएका छन् ।

साथै, आगामी निर्वाचनका लागि हर्क साम्पाङले धरानको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी बाट चुनाव लड्न लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार