आइतवार, श्रावण २४ गते २०८३

काठमाडौंको निर्वाचन प्रहरीमा डिग्री होल्डर व्यक्तीहरु पनि भर्ना भए

सोमवार , माघ १९, २०८२

काठमाडौं । निर्वाचन प्रहरीमा डिग्री होल्डर (स्नातकोत्तर उत्तीर्ण) पनि भर्ना भएका छन् ।

नेपाल प्रहरीले हालसम्म १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनौट गरेको छ भने सशस्त्र प्रहरी बलले १५ हजार ११० प्रहरी छनौट गरेको छ । नेपाल प्रहरीका अनुसार माघ १८ देखि उनीहरूको १० दिने तालिम सुरु भइसकेको छ । तालिममा शारीरिक व्यायाम, सलामी दिने अभ्यास र सर्वसाधारणसँग कसरी व्यवहार गर्ने जस्ता विषयमा प्रशिक्षण दिइन्छ ।

काठमाडौंमा मात्रै ४ हजार ८७३ निर्वाचन प्रहरी भर्ना भएका छन् । तीमध्ये डिग्री ६ जना स्नातकोत्तर उत्तीर्णहरु रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । यसैगरी ३५ जना स्नातक उत्तीर्ण रहेका छन् । देशभरबाट कति स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरु भर्ना भएका छन् भन्ने विवरण भने संकलन भइरहेको छ ।

स्नातकोत्तर उत्तीर्ण पनि भर्ना भएका छन्, तर सम्पूर्ण विवरण आउन बाँकी भएकाले संख्या पक्का गर्न केही समय लाग्ने बताइएको छ । यो पटकको निर्वाचनका लागि कुल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिने तयारीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार