आइतवार, श्रावण २४ गते २०८३

आईजीपी कार्की भन्छन्– प्रहरी जागिर मात्र होइन, विशिष्ट जीवनशैली हो

सोमवार , माघ १९, २०८२

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले प्रहरी जागिर मात्र नभएर विशिष्ट जीवनशैली भएको बताएका छन् ।

आइतबार महाराजगन्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले भने, ‘प्रहरी जागिर मात्र होइन, विशिष्ट जीवनशैली हो ।’ उनले राज्यले दिएको अधिकारलाई जिम्मेवारीको रूपमा लिन कार्यक्षेत्रमा प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई सचेत गराएका छन् ।

आईजीपी कार्कीले सुरक्षामा गरिने लगानीलाई अनुत्पादक लगानीको रूपमा हेर्ने क्लासिकल सिद्धान्तमा परिवर्तन आएको बताएका छन्। उनले भने, ‘युग सुहाउँदो लगानी हुनु आवश्यक छ ।’ १८ महिना लामो तालिम पुरा गरेर आइतबार प्रहरीको १८३ औँ समूहका ९२ जना प्रहरी निरीक्षकहरू दीक्षित भएका छन् । दीक्षित हुनेहरूमा ९ महिला र ८३ जना पुरुष रहेका छन् ।

प्रहरीले धुलो टकटक्याएर उठेको उल्लेख गर्दै आईजीपी कार्कीले भने, ‘खरानीबाट उठेको प्रहरी पुनः नागरिकको सेवामा समर्पित भएको छ ।’ उनले प्रहरीको दायित्व थप बढेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार