बिहिवार, आश्विन १५ गते २०८३

निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोध्यो बालेन शाहलाई

सोमवार , माघ १९, २०८२

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नं–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

आयोगका अनुसार शाहको निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित श्रव्यदृश्य सामग्री प्राप्त भएपछि दोस्रो पटक स्पष्टीकरण माग गरिएको हो । उक्त सामग्रीमा सादा पोसाकका प्रहरी शाहका लागि भोट माग्दै गरेको देखिएको उजुरी आयोगमा परेको आयोगले सोमबार जनाएको छ । शाहको निर्वाचन प्रचारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा आयोगले चासो व्यक्त गरेको छ ।

यस सम्बन्धमा के कसो भएको हो भन्ने विषयमा स्पष्ट जवाफ माग्दै आयोगले शाहलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता, २०८२ विपरीत हुने गतिविधिमा उम्मेदवार वा उनका तर्फबाट संलग्न व्यक्ति रहेको पाइएमा प्रचलित निर्वाचन कानुनअनुसार कारबाही हुने आयोगले जनाएको छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा कमेन्टमा गरेको विषयमा पनि आयोगले बालेनलाई स्पष्टीकरण सोधेकेो थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार