आइतवार, श्रावण २४ गते २०८३

अमेरिका–भारत व्यापार सम्झौता, भारतीय सामानमा कर घट्यो

मंगलवार , माघ २०, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन वार्तापछि अमेरिका–भारतबीच महत्त्वपूर्ण व्यापार सम्झौता भएको छ।

सम्झौताअनुसार अमेरिकाले भारतीय सामानमा लगाइँदै आएको कर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेको छ। भारतले रुसी तेल खरिद बन्द गरी अमेरिकाबाट बढी तेल आयात गर्ने सहमति जनाएको छ।

साथै, भारतले ऊर्जा, प्रविधि र कृषि क्षेत्रका ५०० अर्ब डलरभन्दा बढीका अमेरिकी सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यस सम्झौताले दुवै देशको व्यापारिक सम्बन्ध मजबुत हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार