आइतवार, श्रावण २४ गते २०८३

रुसको ओरेनबर्ग क्षेत्रमा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

मंगलवार , माघ २०, २०८२

काठमाडौँ । रुसको ओरेनबर्ग क्षेत्रको ओस्र्क सहर नजिकै सोमबार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

क्षेत्रीय अधिकारीहरूकाअनुसार मृतकहरू सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक प्रशिक्षक हुन् ।

दुर्घटनाको समयमा उक्त विमानले प्रशिक्षण उडान भरिरहेको थियो । आपतकालीन स्थिति मन्त्रालयकाअनुसार उद्धार टोलीले दुर्घटनास्थलमा कुनै आगलागी नभएको बताएका छन् ।

स्थानीय कानुन प्रवर्तन निकायहरूले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार