काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य मंगलबार बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन हजार सात सय रूपैयाँ बढी हो। त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार तोलामा पाँच हजार दुई रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच ३५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।