आइतवार, श्रावण २४ गते २०८३

निर्वाचनअघि सशस्त्र प्रहरीमा राजीनामा समेत दिन नपाइने

मंगलवार , माघ २०, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअघि सशस्त्र प्रहरीमा राजीनामा समेत दिन नपाइने भएको छ ।

निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले आफ्ना सम्पूर्ण कार्यालयमा खटिएका कर्मचारीलाई राजीनामा, रबाना र बिदा बन्द गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ बमोजिम सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएकाले माघ १९ गतेदेखि राजीनामा, रबाना र बिदा बन्द गरिएको छ ।

निर्वाचन अवधिभर सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीको राजीनामा स्वीकृत नगर्ने, अन्यत्र कार्यालयमा जानको लागि रबाना नगर्ने तथा अति आवश्यक बाहेक बिदा स्वीकृत नगर्न तथा नगराउन सम्पूर्ण कार्यालयलाई परिपत्र गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार