बिहिवार, आश्विन १५ गते २०८३

एकैदिन १४ हजार रुपैयाँले बढ्यो सुनको भाउ

बुधवार , माघ २१, २०८२

काठमाडौँ । बुधबार नेपाली बजारमा फेरि सुनको भाउ बढेको छ । सुनको भाउ आज १४ हजार ४ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोला २६५ रुपैयाँले बढेको छ । हिजो ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५६०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । गत माघ १५ गते ३ लाख ३९ हजार ३ सय पुगेर सुनको भाउले नयाँ रेकर्ड राखेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार