आइतवार, श्रावण २४ गते २०८३

विमानस्थलमा डस्टबिनबाट सुन निकाल्दै गरेका एक कर्मचारी पक्राउ

बुधवार , माघ २१, २०८२

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत छन् । उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनले विमानस्थलमा रहेको डस्टबिनको फोहरबाट सुन निकालेर बाहिर लैजान लागेको पाइएपछि पक्राउ गरिएको हो ।

फोहरको पोकोलाई स्क्रिनिङ गर्दा ४.४ ग्रामको सुन फेला परेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार