आइतवार, श्रावण २४ गते २०८३

अमेरिका–रुस आणविक सन्धिको म्याद सकियो

बिहिवार , माघ २२, २०८२

काठमाडौं ।  अमेरिका र रुसबिचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धिको म्याद आज सकिएको छ। 'न्यु स्टार्ट' नामको त्यो सन्धिले दुवै देशलाई लगभग १ हजार ५०० लामो दूरीसम्मको मात्र वारहेड राख्न सीमित गरेको थियो।

यसैबिच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन्, ‘सन्धिको समाप्ति अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि एक नाजुक क्षण हो।’ उनले अमेरिका र रुसलाई नयाँ सम्झौताका लागि वार्ता गर्न आग्रह पनि गरेका छन्। 

उनले भनेका छन्, ‘आणविक हतियार प्रयोगको खतरा अहिले दशकौँयताकै उच्च छ।’  यसअघि रुसको विदेश मन्त्रालयले 'न्यु स्टार्ट' सन्धिको सर्तमा कुनै देश नबाँधिएको र आफैँ जिम्मेवार भएको बताएको थियो। 

 

प्रतिक्रिया
सम्बन्धित समाचार