काठमाडौँ । बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ।
सुनको मूल्य आज तोलामा चार हजार दुईसय रुपैयाँ घटेर दुई लाख ९१ हजार रुपैयाँमा झरेको छ। गएको मंगलबार र बुधबार दुई दिनमा १८ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य हिजो र आज गरेर १३ हजार सातसय रुपैयाँ घटेको छ। हिजो सुनको मूल्य दुई लाख ९५ हजार दुईसय रुपैयाँ थियो।
अघिल्लो साताको शुक्रबारदेखि सोमबारसम्म तीन दिनमा सुनको भाउ तोलामा ५२ हजार सातसय रुपैयाँ घटेको थियो। अघिल्लो साताको बिहीबार तोलामा २० हजार पाँचसय रुपैयाँले बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि घटेको छ।