आइतवार, श्रावण २४ गते २०८३

बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने निर्णय गर्यो

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । बिहीबार बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बिहीबार बैतडीबाट जन्ती लिएर बझाङतर्फ फर्किँदै गरेको सु-प-प्र-०२-००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका-७ स्थित बडगाउँमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने ३५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा परी घाइते भएका व्यक्तिहरूको सरकारी अस्पतालमा उपचार हुँदासम्म लाग्ने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार