बिहिवार, आश्विन १५ गते २०८३

नयाँ पुस्ताले सिक्न खोज्नु सकारात्मक हो, झापामा सूर्यको जीत पक्का छ : अध्यक्ष ओली

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको जित पक्का भएको दाबी गरेका छन् ।

शुक्रबार चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झापामा सूर्यको जीत हुने बताएका छन् । झापाका मतदाता एमालेको पक्षमा रहेको बताउँदै ओलीले भने, ‘सूर्यको जीत सियोर छ ।’ ​चुनावी अभियान र माहोलबारे चर्चा गर्दै ओलीले यसपटक युवाको उत्साहजनक सहभागिता रहेको बताएका छन् । युवा स्वतःस्फूर्त रूपमा सूर्यलाई जिताउन प्रचारप्रसारमा लागेको उनको भनाइ छ ।

नयाँ पुस्ता राजनीतिमा आउनु र सिक्न खोज्नु सकारात्मक भएको टिप्पणी गरेका छन् । सत्य र विकासको पक्षमा जनता रहेकाले कुनै पनि षड्यन्त्रले एमालेको जितलाई रोक्न नसक्ने उनको भनाइ थियो । उनी शुक्रबार काठमाडौंबाट झापा गएका हुन् । झापा–५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदावर बनेका छन् ।

यसअघि उम्मेदवारी दर्तापछि माघ १० गतेसम्म घरदैलो कार्यक्रम गरेका थिए । अब दुई दिन झापा–५ अन्तर्गतको कमल गाउँपालिकाका विभिन्न वडामा कार्यकर्ता भेटघाटको कार्यक्रम तय भएको एमाले झापाले जनाएको छ ।

उनी एक साता झापाकै कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार