आइतवार, श्रावण २४ गते २०८३

टि–२० विश्वकप : न्यूजिल्यान्डलाई अफगानिस्तानले दियो १८३ रनको उच्च लक्ष्य

आइतवार , माघ २५, २०८२

काठमाडौं । टि–२० विश्वकप अन्तर्गत जारी खेलमा अफगानिस्तानले न्यूजिल्यान्डलाई १८३ रनको उच्च लक्ष्य दिएको छ ।

आइतबार चेन्नईको एमए चिदम्बरम रंगशालामा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा  ५ विकेट गुमाएर १८२ रन बनाएको छ । अफगानिस्तानको लागि गुलबदिन नैबले अर्ध शतक प्रहार गरेका थिए ।

उनले ३५  बलमा ६३ रन प्रहार गरेका छन् । न्यूजिल्यान्डको लागि लाचलान ह्यामन्ड फर्गुसनले २ विकेट लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार