काठमाडौं । ललितपुरको कुसुन्ती हाइट क्षेत्रमा चितुवा देखा परेपछि स्थानीय सरकारले सचेत रहन आग्रह गरेको छ।
ललितपुर महानगरपलिका–१३, स्थित कुसुन्ती हाइट क्षेत्रमा चितुवा देखा परेको वडाध्यक्ष गणेश केसीले जनाएका छन् । केही दिनयता चितुवा देखिएको खबर आएको उनको भनाइ छ । कुसुन्ती हाइट आसपासको क्षेत्रमा चितुवा देखिएपछि सचेत रहन वडा कार्यालयले अनुरोध गरेको छ । आइतबार वडाध्यक्ष केसीले सूचना जारी गरी सचेत रहन भनेका छन् ।
वडा कार्यालयको सूचनामा भनिएको छ, ‘ललितपुर महानगरपालिका-१३ कुसुन्ती हाइट आसपासमा चितुवा देखा परेको हुँदा जनसमुदायमा सजग र सचेत रहनको लागि यो सूचना जारी गरिन्छ ।’