काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.०५ अङ्कले घटेको छ ।
उक्त अङ्कको गिरावटपछि आज नेप्से परिसूचक २६७२.३९ विन्दुमा कायम भएको छ । आइतबार पनि नेप्से १०.२४ अङ्कले घटेको थियो । आज १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता एक लाख दुई हजार २८१ पटक किनबेच गर्दा भएको हो ।
आइतबार ११ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । नेप्सेमा यस दिन २ सय १२ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ४६ कम्पनीको सेयर मूल्य बढ्दा खानीखोला र रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन् । सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक पनि घटेका छन् ।
आज बैंकिङ १०.६अंक घटेको छ भने विकास बैंक ७९.०७, वित्त ५८.१३ अंक घटेका छन् । होटल १०४.२०, जलविद्युत् १९.६१, लगानी ०.९५, जीवन बीमा १२५.४२, उत्पादनमूलक ११४.२०, लघुवित्त ३०.०६, सामूहिक लगानी कोष ०.१०, निर्जीवन बीमा १५९.१७ र अन्य समूह ४६.७५ अंक घटेका छन् । तर, सोमबार नेप्सेमा कारोबार भएको व्यापार समूहमात्र ९.०१ अंक बढेको छ ।
यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो । आइतबार नेप्सेमा ११ अर्ब ५९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।