बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको छ। शवको जीउडालका आधारमा पहिचान गरिएको ।
डाइनामाइट विस्फोटपछि उनी बेपत्ता भएका थिए। राई रोजगारीका लागि असोजमा मेघालय गएका थिए। यसअघि सोही क्षेत्रमा भएको विस्फोटमा खोटाङकै बराहपोखरी गाउँपालिका–१, बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको पुष्टि भएको थियो।
विस्फोटमा अन्य नेपाली गम्भीर घाइते भएका छन्। विष्फोटमा दर्जनौं कामदार कोइलाखानीमै फसेको अनुमान छ।