बिहिवार, आश्विन १५ गते २०८३

रिज लाइन इनर्जीको आइपिओ खुल्यो

बुधवार , माघ २८, २०८२

काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले दोस्रो चरणमा ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको २६ करोड ७ लाख रुपैयाँ मूल्यको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

यसमध्ये ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ ।

कर्मचारीका लागि २८ हजार ४४० कित्ता र सामूहिक लगानी कोषका लागि ७१ हजार १०० कित्ता छुट्याइएको छ । आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते सम्म आवेदन दिन सकिने छ । आइपिओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार