आइतवार, श्रावण २४ गते २०८३

 पत्नीको हत्या अभियोग : पूर्वडीआईजी कोइरालाले २० वर्ष कैद भुक्तान गर्नुपर्ने

बुधवार , माघ २८, २०८२

काठमाडौँ । पत्नीको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज भएको छ। 

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेजको आदेश दिएको हो। कोइरालाले आफ्नो स्वास्थ्य लगायतका कारण देखाउँदै कैदमुक्त गर्न माग गरेर मंसिर २६ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। 

यसअघि मंसिर २८ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ढकालकै एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। रिटमा गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाइएको थियो। 

२०६८ माघमा पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा कोइरालालाई सुरुमा जन्मकैद (२० वर्ष कैद) को फैसला भएको थियो। सर्वोच्चले बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेसँगै उनले अब २० वर्ष कैद भुक्तान गर्नुपर्ने भएको छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार