शनिवार, कार्तिक ८ गते २०८३

कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश जबराको इजलासमा

आइतवार , भाद्र २०, २०७८

काठमाडौंं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानघिसिङको नियुक्ती विरुद्ध परेको रिट आज सुनुवाई हुँदै छ। 
सो रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेको छ। प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

अघिल्लोपटक विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोडसेडिङ अन्त्य गरेर चर्चा कमाएका घिसिङलाई निरन्तरता दिनुपर्ने माग हुँदा हुँदै केपी ओली सरकाले उनलाई अवकास दिएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। 

तर देउवा सरकार आउने वित्तिकै घीसीङलाई पुन: नियुक्ती गरिएको थियो। सरकारको यो कामको तारिफ आम सर्वसाधरणले गरेका थिए। तर निवर्तमान कार्यकारी शाक्यले आफुलाई हटाई घीसीङको नियुक्तिविरुद्ध नेपाल सरकारलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार