बिहिवार, आश्विन १५ गते २०८३

२० वाणिज्य बैंकहरूमध्ये आठवटाले घटाए ब्याजदर

बिहिवार , माघ २९, २०८२

काठमाडौं । आठवटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । फागुन महिनाका लागि बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार ती बैंकहरूको ब्याजदर समायोजन गरेका हुन् ।

सबै बैंकले मुद्दती खाताको ब्याजदर घटाएका हुन् । २० वाणिज्य बैंकमध्ये आठ बैंकले ब्याजदर घटाएका छन् । त्यसमध्ये चारवटाले व्यक्तिगत निक्षेप मात्रै घटाएका छन् भने बाँकीको व्यक्तिगत र संस्थागत दुवै ब्याज दर घटेको छ । यसपटक ग्लोबल आईएमई बैंकले व्यक्तिगत संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ ०.७५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत तथा संस्थागत दुवै ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाएको छ । योसँगै बैंकले अधिकतम ४५ प्रतिशत र ३.५ प्रतिशत ब्याजदर कायम भएको छ ।  नेपाल एसबीआई बैंकले पनि ब्याजदरलाई घटाएर ०.१५ र ०.०३ प्रतिशत विन्दुले घटाएको छ । अब यो बैंकले व्यक्तिगत र संस्थागततर्फ अधिकतम ४.२५ र २.७७ प्रतिशत ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.३ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतले ब्याजदर घटाउँदा अधिकतम ब्याजदर ४.२५ प्रतिशत र ३.५ प्रतिशत कायम भएको छ ।

प्राइम कमर्सियल बैंक, एभरेस्ट बैंक र कृषि विकास बैंकले समान ०.१५ प्रतिशत विन्दु, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.११ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार