शनिवार, कार्तिक ८ गते २०८३

भारतिय प्रधानमन्त्रीको पुत्ला जलाएकोप्रति गृह मन्त्रालयको आपत्ति 

आइतवार , भाद्र २०, २०७८

काठमाडौं। नेपालमा भैरहेको भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्धको प्रदर्शनप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ। आइतबार विज्ञाप्ति जारी छिमेकी राष्ट्रका प्रधानमन्त्रीको स्वाभिमानमा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस र प्रर्दशन तथा पुत्लादहन गर्ने कार्य गरेको भन्दै त्यसतर्फ गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। 

विज्ञप्तिमा नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको भन्दै मित्रराष्ट्रका विषयमा अनावश्यक टिप्पणी गरेर उनीहरुको स्वाभिमानमा प्रश्न नउठाउन आग्रह गरेको छ।

home-ministry-press-release.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार