आइतवार, श्रावण २४ गते २०८३

बंगलादेशमा विद्यार्थी आन्दोलनबाट जन्मिएको दलको लज्जास्पद हार

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौँ । बंगलादेशमा बिहीबार भएको चुनावमा रोचक परिणाम देखिएको छ। सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनको जगमा जन्मिएको नेस्नल सिटीजन पार्टीले लज्जास्पद हार व्यहोरेको छ । यो पार्टीले अहिलेसम्म २ स्थानमा मात्रै अग्रता बनाएको छ । 

यता, जमात–ए–इस्लामीको पनि हार भएको छ । जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलको गठबन्धनले ४५ सिट मात्रै जितेको छ । जमातका नेता शफिकुर रहमान ढाका–१५ सिटबाट विजयी भएका छन् । 

बिहीबार भएको आम निर्वाचनमा ४८ प्रतिशत मतदान भएको थियो । भारतमा निर्वासित जीवत बिताइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भने यो निर्वाचन पूर्ण रुपमा फर्जी र असंवैधानिक भएको बताएकी छन् ।

उनले मोहम्मद युनुसले गैरकानुनी र असंवैधानिक रुपमा सत्तामा कब्जा गरेको र सोही अनुसार चुनाव गराएको उनको आरोप छ ।  बंगलादेशमा बिहीबार भएको स‌सदीय चुनावमा बंगलादेश नेशनालिस्ट पार्टी ९बीएनपी० ले बहुमत हासिल गरेको छ ।

ढाका ट्रिब्युनका अनुसार ३०० सिटमध्ये बीएनपीले १९८ सिटमा अग्रता बनाएको छ भने १५१ सिटमा जित हासिल गरिसकेको छ । जुन सरकार बनाउन आवश्यक बहुमत हो । 

पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान  प्रधानमन्त्री बन्ने निश्चित भएको छ । रहमानले चुनाव लडेका दुवै क्षेत्रमा जित हासिल गरेका छन् । उनी गत २५ डिसेम्बरमा मात्रै १७ वर्ष लामो निर्वासनबाट स्वदेश फर्किएका थिए । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार