शनिवार, कार्तिक ८ गते २०८३

एमालेलाई प्रदेश २ मा धक्का, थप २ सांसदले रोजे एकीकृत समाजवादी 

आइतवार , भाद्र २०, २०७८

काठमाडौं। प्रदेश २ मा नेकपा एमालेका थप दुई जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन्। (एस) रोज्ने थप २ जना सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ रहेका छन्। उनिहरुले आइतबार जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोग कार्यालय पुगेर एकीकृत समाजवादी दलमा सनाखत गरे।

यसअघि गत बिहीबार एमालेका १० जना सांसदले एकीकृत समाजवादी रोजेका थिए । प्रदेश २ मा नेकपा एमालेको २१ जना प्रदेशसभा सदस्य रहेकोमा १२ जनाले  एकीकृत समाजवादी रोजेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार