शनिवार, कार्तिक ८ गते २०८३

कुलमानविरुद्धको मुद्दा आइतबार हेर्न नभ्याइनेमा 

आइतवार , भाद्र २०, २०७८

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दा आइतबार हेर्न नभ्याइनेमा राखिएको छ। प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जवराको एकल इजलासमा परेको रिटमा आइतबार सुनुवाई नभएको हो।

सरकारले तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यका रुपमा लगी साउन २५ गते विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गरेको थियो । सरकारको यो निर्णय बदर गरी आफुलाई विद्युत प्राधिकरणमै पद थमौतीको माग गरी निवर्तमान कार्यकारी निर्देशक शाक्यले सरकारलाई विपक्षी बनाई रिट दायर गरेका छन्।

शाक्यले सर्वोच्चमा दिएको रिटमा भदौ ८ गते प्रधानन्यायाधीश जबराको इजलासले कुलमानको नियुक्तिको सक्कल निर्णय झिकाउन आदेश दिएको थियो।
 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार