शनिवार, कार्तिक ८ गते २०८३

नख्खु कारागारमा कैदीबन्दीले लगाइदिए भित्रबाट ताला, यस्तो छ कारण

आइतवार , भाद्र २०, २०७८

काठमाडौं। ललितपुरको नख्खु कारागारका कैदीबन्दीले भित्रबाट ताला लागाइदिएपछि तनाव भएको छ । जेलभित्रको पसलहरूमा महँगी अत्यधिक बढाइएको, सेवा सुविधा पारदर्शी नभएको भन्दै असन्तुष्ट कैदीबन्दीले नाराबाजी गर्दै भित्रबाट ताला लगाएका हुन्।

कैदीबन्दी र चौकीदार पक्षबीच विवाद चर्किदा कैदीबन्दीले चर्को नाराबाजी गरिरहेको जनाइएको छ।  प्रहरी परिसर ललितपुरले तनावको अवस्थापछि कारागार परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार