काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ क्षेत्रमा सरसफाइलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको छ ।
महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी धमाधम तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तयारी ९० प्रतिशत पूरा भइसकेको कोषले जानकारी दिएको छ ।
पशुपतिमा महाशिवरात्रि मनाउन नागा बाबाहरू आउने क्रम पनि सुरु भइसकेको छ । स्वदेशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरू पशुपति आइरहेका छन् ।
यही फागुन ३ गते पशुपतिसहित देशभरका शिवालयमा शिवरात्रि पर्व मनाइँदै छ ।