बिहिवार, आश्विन १५ गते २०८३

प्रधानमन्त्री कार्कीले बङ्गलादेश सरकार र जनतालाई दिइन् बधाई

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले बङ्गलादेश सरकार र बङ्गलादेशका जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत बङ्गलादेश नेशनलिस्ट पार्टीलाई १३औँ संसदीय निर्वाचनमा ऐतिहासिक विजयी भएकोमा तारिक रहमानलाई बधाई दिएकी हुन् ।

“हाम्रा छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्न तपाईंसँग नजिकबाट काम गर्न पाउने अपेक्षा राख्दछु,” प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार