उनले चुनावी आंकडमाथि सवाल उठाउँदै गम्भीर अनियमितताको आरोप पनि लगाएको बीबीसीले जनाएको छ । उनले मत परिणामका आंकडाहरू एकदमै असम्भव र विरोधाभाषी लागेको पनि जिकिर गरेकी छन् ।
‘मतदानको गति सामान्यतया बिहान ११ बजेभन्दा अघि तीब्र हुन्छ । तर, पनि त्यस दौरान केवल १४.९६ प्रतिशत मतदान दर्ज भयो । र मध्याह्न यो आँकडा अचानक बढेर ३२.८८ प्रतिशत पुर्याइयो । एकै घण्टामा यो उछाल असामान्य हो,’ हसिनाले भनेकी छन् ।
निर्वाच्न आयोगले दाबी गरेको खसेको कुल मतको तथ्यांक र मतदान केन्द्रमा देखिएको दृष्यसँग मेल नखाने उनको दाबी छ । ‘रित्ता मतदान केन्द्र, निष्क्रिय बुथ र मतदाताको अनुपस्थिति देखियो,’ पूर्वप्रधानमन्त्री हसिनाले भनेकी छन् ।
पूर्वप्रधानमन्त्री हसिनाले जनमत संग्रहको प्रक्रिया र ढिलो गरी मत परिणाम सार्वजनिक गरिएको प्रति पनि प्रश्न उठाएकी छन् ।