आइतवार, श्रावण २४ गते २०८३

बंगलादेशमा मंगलबार नयाँ सरकार बन्ने, रहमान प्रधानमन्त्री बन्दै

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौँ । गत बिहीबार १३औँ संसदीय निर्वाचन भएको बंगलादेशमा मंगलबार नयाँ सरकार बन्ने भएको छ । बंगलादेशको पुरानो दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले एकल दुई तिहाइ बहुमत ल्याएर सरकार बनाउन लागेको हो ।

बंगलादेशको निर्वाचन आयोगका सचिव अख्तर अहमदले शनिबार पत्रकारलाई मंगलबार सरकार बन्ने जानकारी दिएका छन् । पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने भएका छन् ।

३२ देखि ४२ सदस्यीय मन्त्रिपरिषद् बन्ने बंगलादेशी मिडिया ‘ढाका ट्रिब्यून’ले उल्लेख गरेको छ । गृह, अर्थ, कानुन र परराष्ट्र जस्ता मन्त्रालय नयाँ अनुहारले सम्हाल्ने बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार