आइतवार, श्रावण २४ गते २०८३

सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य रूपमा सेना दिवस मनाउँदै

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । नेपाली सेनाले आज (फागुन ३ गते) आफ्नो २६३औँ स्थापना दिवस मनाउँदै छ ।

1771136955_viber_image_2026-02-15_11-52-36-222.jpg

यस उपलक्ष्यमा अहिले काठमाडौंस्थित टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिएको छ । कार्यक्रम नेपाली सेनाको परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भइरहेको हो । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई आफ्नो दिवसका रूपमा मनाउने गरेको हो ।

1771136955_viber_image_2026-02-15_11-52-36-222.jpg

आज मुलुकभर सेना दिवस मनाएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिँदै छन् । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की लगायतको उपस्थिति रहेको छ ।

1771136968_viber_image_2026-02-15_11-19-43-018.jpg

जंगीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने गरिन्छ ।

1771136956_viber_image_2026-02-15_11-20-35-889.jpg

1771136964_viber_image_2026-02-15_11-19-44-640.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार