आइतवार, श्रावण २४ गते २०८३

टी–२० विश्वकप : जितका लागि नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । टी–२० पुरुष विश्वकपको जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।

आइतबार टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो । नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरिले सर्वाधिक ५८ रन बनाए । उनी ५८ रन बनाएर आउट भए ।

नेपालका ओपनर कुशल भुर्तेल १ रन बनाउँदै आउट भए । त्यस्तै, नेपालका अर्को ओपनर आशिफ शेख ११ रन र कप्तान रोहित कुमार पौडेल ५ रन बनाउँदै मैदानबाट बाहिरिए ।

वेस्ट इन्डिजका लागि जेसन होल्डर ले ४ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार