बिहिवार, आश्विन १५ गते २०८३

केपी ओली झापा जादै, सुरक्षा व्यवस्थामा कडाइ

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जादै छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा–५ का उम्मेदवार हुन् । उनी त्यहाँ जाने भएसँगै भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलको प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रुबाहेक अन्य कसैलाई पनि प्रवेश दिइएको छैन् । विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरूसँग भेट गरेका थिए । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका अध्यक्ष ओली २०४८ सालको निर्वाचन देखिनै यही भूगोलबाट निर्वाचित हुँदै आएका छन् ।

सकेसम्म झापा ५ नम्बर निर्वाचन क्षेत्रका सबै मतदातासँग भेट्ने आफ्नो तयारी रहेको ओलीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार