बिहिवार, आश्विन १५ गते २०८३

बंगलादेशको जस्तै चुनावी परिणाम हुन्छ नेपालमा : अध्यक्ष ओली

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने जिकिर गरेका छन् ।

आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालको चुनावलाई बंगलादेशसँग तुलना गरेका हुन् । बंगलादेशमा आन्दोलनबाट आएको दलले ६ सिट मात्रै जितेको थियो । चुनावमा प्रतिस्पर्धा गरेका पुरानै दल बलियो भएर आएका थिए । चुनावी अभियानका लागि उनी काठमाडौंबाट आइतबार झापा गएका हुन् ।

उनी झापा–५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छन् । केही दिन काठमाडौं बसेर फेरि आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका ओलीले मतदाता भेट्ने र गुनासो सुन्ने बताएका छन् । अबका केही दिन आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने उनको तयारी छ ।

ओलीले अब चुनाव हुने आशा बढेको बताए । अध्यक्ष ओलीले भने, ‘चुनावको वातावरण सरकारले बनाउने हो । हामी यसै भन्न सकेनौँ, चुनाव हुन्छ भन्ने ठान्छौँ अब हामी ।’

चुनाव भएमा आफ्नो पार्टी सहभागी हुने उनको भनाइ थियो । ओलीले भने, ‘चुनाव हुने भए हामी भाग लिन्छौँ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार