काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन ७ गते घोषणापत्र ल्याउने भएको छ ।
रास्वपाले चुनावी घोषणापत्रलाई जनतासँग प्रतिज्ञाको करारपत्र भनेको छ । रास्वपा सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत फागुन ७ गते चुनावी करारपत्र सार्वजनिक गर्ने जनाएका छन् । उनले पूरा नहुने बाचा नगरी जनतासँग प्रतिज्ञाको करार गर्ने बताएका छन् ।
लामिछानेले भनेका छन्, ‘चुनावमा बाचा त धेरैले धेरैपटक गरे। तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नु पर्यो निरन्तर। हामी पूरा नहुने बाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दै छौँ ।’
चुनावी करारपत्र फागुन ७ गते कर्णाली प्रदेशमा कार्यक्रम गरी सार्वजनिक गर्ने उनले जनाएका छन् ।