बिहिवार, आश्विन १५ गते २०८३

एमाले अध्यक्ष ओली आज दमकका ५ ठाउँका कार्यक्रममा सहभागी हुने

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला झापा ५ मा उम्मेदवार भेटघाटमा व्यस्त छन् ।  उनले आज दिनभर झापा ५ अन्तर्गत दमक नगरपालिकाका मुख्य चोकहरूमा पुगेर मतदातासँग भेटवार्ता गर्दैछन् ।  

निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले आज बिहान ११ बजे दमक ५ को यलम्बर चोकबाट मतदाता भेटघाट सुरु गर्ने तालिका छ।

त्यसलगत्तै ११ बजेर ५० मिनेटमा दमक ६ को शङ्खधर चोकमा स्थानीयसँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ भने दिउँसो १ बजे दमक ७ को तविन चोक र २ बजे दमक-१ को हाबलदार चोकमा कार्यक्रम राखिएको ओलीको सचिवालयले जनाएको छ।

सोमबार अपरान्ह ३ बजे दमक २ स्थित दमक फन पार्कमा स्थानीयसँग भेट गरेपछि ओली ४ बजे दमक ३ को आमचोकको कार्यक्रममा पुग्ने तालिका छ। आमचोकमै आजको दिनभरिको भेटघाट कार्यक्रम समापन गर्ने तालिका छ। 

यसअघि ओली आइतबार दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित नेपाल शिक्षक संगठनको अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका थिए। 

कार्यक्रममा ओलीले देशमा भएका आगजनी र तोडफोडका घटनामा युवा पुस्ता (जेनजी) को नभई अपराधीहरूको हात रहेको दाबी गरेका थिए। उनले शिक्षक र विद्यार्थीले नभएर युवा आन्दोलनमा घुसपैठ गर्ने अपराधीहरूले यस्तो वितण्डा मच्चाएको बताए। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार