काठमाडौँ । अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता हुने भएको छ।
यसअघि पहिलो चरणको वार्ता ओमानको राजधानी मस्कटमा भएको थियो। मस्कटमा दुई देशबीच इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता हुन नसकेपछि अमेरिकाले कुटनीतिक पहलमार्फत समस्या समाधानको प्रयत्न गर्न लागेको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता स्वीट्जरल्याण्डको जेनेभामा हुन लागेको छ।
वार्ता मंगलबार हुने भनिएको छ। वार्ताका लागि तेहरानबाट इरानी विदेशमन्त्री अब्बास अराक्ची नेतृत्वको प्रतिनिधि र वासिङ्टनबाट राष्ट्रपति ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ ज्यारेड कुश्नर नेतृत्वमा प्रतिनिधि सहभागी हुने भनिएको छ।
इरानका विदेशमन्त्री अराक्ची जेनेभा प्रस्थान गरिसकेको पनि रोयटर्सले जनाएको छ। उनले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका प्रमुखसँग पनि भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।