काठमाडौं । स्थानीय बजारमा सोमबार (आज) सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख दुई हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा ३ लाख पाँच हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १२५ रुपैयाँ घटेर चार हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी चार हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार २५ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।