आइतवार, श्रावण २४ गते २०८३

धार्मिक समाजसेवी रूपक लोहनीको ‘शिव ताण्डव स्तोत्रम’ सार्वजनिक

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । नुवाकोट बेलकोटगढी नपा १३ दाङ्मै स्थायी वासस्थान भई हाल अमेरिकामा वसोवास गर्दै आएका  धार्मिक  समाजसेवी  रुपक लोहनीको ‘शिव ताण्डव स्तोत्रम’ बोलको भजन सार्वजनिक भएको छ ।

आराध्यदेव भगवान् शिवको  स्तोत्रम सँगै नेपालका चर्चित धार्मिक स्थलहरूका दृश्यहरू समेत समावेश गरिएको स्तोत्रममा  गायक अशोक पाण्डेको संगित साथै  सशक्त स्वर सुन्न सकिन्छ ।

पण्डित राजकुमार आचार्यको शब्द, सुनिल क्षेत्रीको निर्देशक र अमृत चापागाईंको सम्पादन रहेको यस भिडियोमा सुनिल क्षेत्री,​ रूपक लोहनी, प्रशान्त सुन्दास, पूर्णिमा विश्वकर्माले अभिनय गरेका छन् ।

हेर्नुस् भिडियो:

https://youtu.be/FJhQuQgWWJk?

प्रतिक्रिया
सम्बन्धित समाचार